झापाको दमकमा अत्यावश्यकीय बस्तु किनमेलको समय तय

झापाको दमकमा अत्यावश्यकीय बस्तु किनमेलको समय तय

३ वैशाख, झापा । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरेना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमण रोक्न सरकारले गत तिन साता देखी वन्दावन्दी जारी राखेको छ । यसबाट दैनिक उपोभोग्य वस्तु खरदि विक्रीमा समस्या परेपछी झापाको दमक नगरपालिकाले अत्यावश्यकीय बस्तु किनमेल गर्ने समय तय गरेको छ ।

नगरपालिकामा आज (बुधवार) नगरप्रमुख, स्थानीय प्रहरी प्रशासन प्रमुख र बाणिज्य संघका प्रतिनिधि समेतको संयुक्त बैठकले कोरोना भाइरसको संभावित जोखिम नियन्त्रण गर्न गरिएको लडकाउनलाई थप प्रभावकारी वनाउदै अत्यावश्यकीय वस्तु किनमेलको समय बिहान ११ बजेदेखि बेलुकी ४ बजे सम्मको समय कायम गर्ने निर्णय भएको जनाईएको छ । दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार तय गरिएको समय वाहेक अरु समयमा भने पसल खोल्न नपाईने बैठकले निर्णय गरेको छ ।

नगरपालिका भित्र रहेका अस्पताल, औषधी पसल सुरक्षा ब्यबस्थापन गरि सधै खुल्ला राख्ने तथा सो बाहेक दैनिक उपभोग्यसहितका खाद्यान्न बस्तुहरुको मात्र बिक्री वितरण सहज वनाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

सो समयभित्र पनि ब्यापारी र ग्राहक दुबैले अनिवार्य सामाजिक दुरी कायम राख्नु पर्नेछ । यसअघि बिहान, बेलुकी मात्रै बजार खुल्दा छोटो समयका कारण त्यही बेला मानिसहरुको समेत अत्याधिक चहलपहल हुदै आएकाले त्यसले जोखिम निम्त्याउन सक्ने भएको भन्दै किनमेलको दैनिक ५ घण्टा मात्र कायम राख्ने निर्णय भएको नगर प्रमुख रोमनाथ ओलीले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर