ब्याटिङ नचल्दा वार्मअफ खेलमा नेपाल क्यानडासँग पराजित

ब्याटिङ नचल्दा वार्मअफ खेलमा नेपाल क्यानडासँग पराजित

१५ जेठ । ब्याटिङ नचल्दा क्यानडासँगको वार्मअफ खेलमा नेपाल पराजित भएको छ। मंगलबार राति सम्पन्न खेलमा नेपाल ६३ रनले पराजित भएको हो।

क्यानडाल दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा १२० रन मात्रै बनाउन सक्यो। नेपालका कुशल मल्लले सर्वाधिक ३७ रन बनाए। ३० बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे।

अनिलकुमार साह २४, आशिफ शेख २२ र कुशल भुर्तेल १० रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

क्यानडाका डिलोन हेलिगरले सर्वाधिक ४ विकेट लिए। २.३ ओभर बलिङ गरेका उनले २० रन खर्चिए। जेरेमी गोर्डन र साद बिन जफरले २,२ विकेट लिँदा पर्गट सिंह र कलीम सानाको नाममा १,१ विकेट रह्यो।

त्यसअघि ग्रान्ड प्रेरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८३ रन बनाएको थियो।

क्यानडका निकोलस किर्टनले सर्वाधिक ५२ रन बनाए। ३९ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे। नवनीत धालिवाल ३२, पर्गट सिंह १३ र अरोन जोन्सन १० रनमा आउट हुँदा रविन्द्रपाल सिंह ४१ र डिलोन हेलिगर १३ रनमा अविजित रहे।

नेपालका अविनाश बोहराले सर्वाधिक २ विकेट लिए। करण केसी, सोमपाल कामी, गुल्शनकुमार झा, सागर ढकाल र ललितनारायण राजवंशीले १,१ विकेट लिए।

प्रतिक्रिया:

सम्बन्धित खवर