जाभीको बिदाइ खेलमा बार्सिलोनाको जित

जाभीको बिदाइ खेलमा बार्सिलोनाको जित

१४ जेठ । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा सेभियालाई २–१ गोल अन्तरले पराजित गर्दै जाभी हर्नान्डेजले बार्सिलोनाको प्रशिक्षकको जिम्मेवारी अन्त्य गरेका छन्।

बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की र फर्मिन लोपेजले गोल गरे। खेलपछि बार्सिलोनाका खेलाडीले जाभीलाई बिदाइ गरेका थिए।

बार्सिलोनाले यसअघि नै दोस्रो स्थान हासिल गर्दै अर्काे सिजन साउदी अरबमा हुने स्पेनिस सुपर कपमा स्थान पक्का गरिसकेको छ। लगातार चार हार बेहोर्दै १४औँ स्थानमा रहेको सेभियाका लागि युसुफ एन नेसिरीले गोल गरे।

खेलको १५औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई शुरूआती अग्रता दिलाएका थिए। तर, ३१औँ मिनेटमा एन नेसिरीले गोल गर्दै सेभियालाई खेलामा फर्काए।

५९औँ मिनेटमा लोपेजले गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए। जाभीले जनवरीमै क्लब छोड्ने निर्णाय गरेका थिए। तर, अप्रिलमा उक्त निर्णय फिर्ता लिएका थिए।

प्रतिक्रिया:

सम्बन्धित खवर