दोस्रो अभ्यास खेलमा पनि नेपालको जित

दोस्रो अभ्यास खेलमा पनि नेपालको जित

१३ जेठ । नेपालले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरीकेन्सलाई पराजित गरेको छ। शनिबार सम्पन्न खेलमा नेपाल २७ रनले विजयी भएको हो।

योसँगै नेपालले शतप्रतिशत जित हासिल गरेको छ। शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो।

नेपालले दिएको १२४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरीकेन्स १८.३ ओभरमा ९६ रनमा अलआउट भयो।

ह्युस्टन हरीकेन्सका जिआ शाहजादले सर्वाधिक ३५ रन बनाए। २९ बल खेलेका उनले १ चौका र २ छक्का प्रहार गरे। यस्तै, इमरान खान जुनिअर र लाहिरु मिलान्थाले १६र१६ रन बनाए।

नेपालका करण केसीले सर्वाधिक ३ विकेट लिए। सोमपाल कामी र अभिनाश बोहराले २र २ विकेट लिँदा कप्तान रोहितकुमार पौडेल र सागर ढकालको नाममा १र१ विकेट रह्यो।

त्यसअघि प्रेरी भ्यू कम्प्लेक्समा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १२३ रन बनाएको थियो।

नेपालकम कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३७ रन बनाए। ४० बल खेलेका उनले १ चौका प्रहार गरे। कुशल भुर्तेल २३ र गुल्शनकुमार झा १४ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।

ह्युस्टनका हरीकेन्सका इमरान शेख जुनिअ र जिआ शाहजादले २र२ विकेट लिए। कोरी ड्राई र उस्मान शिनवारीको नाममा १र१ विकेट रह्यो।

 

प्रतिक्रिया:

सम्बन्धित खवर