इलामका विपन्न परिवारलाई इलामेली समाज दक्षिण कोरीया राहत

इलामका विपन्न परिवारलाई इलामेली समाज दक्षिण कोरीया राहत

२ वैशाख, इलाम । विगत तिन साता देखी जारी लकडाउनका कारणका रोजगारी गुमाएका विपन्न एवं गरीब परिवारलाई इलामेली समाजले राहत वितरण गरेको छ । विपन्न परिवारलाई समाजले पहिचान दक्षिण कोरियाको आर्थिक सहयोगमा इलाम नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ का विपन्न परिलाई १९ सय केजी चामल सहित दैनिक उपभोग्य बस्तु वितरण गरिएको बताईएको छ ।

७६ घरपरिवारलाई प्रति परिवार जिरा मंसुली चामल २५ केजी, नुन १ केजी र १ लिटर खाने तेल उपलब्ध गराएको इलामेली समाज दक्षिण कोरियाका प्रथम अध्यक्ष हरि खनालले बताउनुभयो । यस भन्दा पहिले राहात नपाएकाहरुलाई जिल्ला प्रशासन, नगरपालिका, स्थानिय जनप्रतिनिधिहरु लगायतको समन्वयमा राहात वितरण गरिएको खनालको भनाई छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर