टेबल टेनिस खेलाडी स्यान्टुले पेरिस ओलम्पिक खेल्ने

टेबल टेनिस खेलाडी स्यान्टुले पेरिस ओलम्पिक खेल्ने

३ जेठ । टेबल टेनिसका स्यान्टु श्रेष्ठले पेरिस ओलम्पिक खेल्ने भएका छन्।

बुधबार दक्षिण एशियन क्षेत्रको छनोटको अन्तिम खेलमा संयोग कपालीलाई पराजित गर्दै स्यान्टुले यस वर्ष हुने ओलम्पिकमा स्थान पक्का गरेका हुन्।

स्यान्टु छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो खेलाडी बनेका छन्। यसअघि तेक्वान्दोका दीपक विष्ट र संगिना वैद्यले मात्र यो सफलता हासिल गरेका थिए।

छनोटको अन्तिम खेलमा स्यान्टुले ४-३ को सेटमा जित हात पारे। उनले अन्तिम सेटको खेलमा १०–९ स्कोरको जित निकाल्दै पुरुष स्पर्धामा पहिलो बने।

प्रतिक्रिया:

सम्बन्धित खवर