वेस्ट इन्डिज ‘ए’ ले दियो नेपाललाई १ सय ६१ रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ ले दियो नेपाललाई १ सय ६१ रनको लक्ष्य

१६ बैशाख । मैत्रीपूर्ण टी–२० शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जीतका लागि १ सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६० रन बनाएको हो ।

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए । गुडकेश मोटीले ३३ रन प्रहार गरे । त्यस्तै, कप्तान रोस्टन चेसले २३ रन तथा ओपनर जोनसन चाल्र्सले ११ रनको योगदान दिए ।

नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले २–२ विकेट लिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर