म्यानचेस्टर युनेइटेडसँग शेफिल्ड युनाइटेड पराजित

म्यानचेस्टर युनेइटेडसँग शेफिल्ड युनाइटेड पराजित

१३ बैशाख । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा रेलिगेशन जोनमा रहेको शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ।

ओल्ड ट्राफोर्डमा बुधबार राति सम्पन्न खेलमा युनाइटेडले शेफिल्डलाई ४-२ गोल अन्तरले पराजित गरेको हो। युनाइटेडको जितमा ब्रुनोले दुई गोल र एक असिस्ट गरे।

३५औँ मिनेटमा जयडेन बोगलेले गोल गर्दै शेफिल्डलाई शुरूआती अग्रता दिलाएका थिए। तर, ४२औँ मिनेटमा ह्यारी मग्वायरले गोल गर्दै खेल बराबरीमा ल्याए।

उनले अलेजान्ड्रो गार्नाचोको पासमा गोल गरे। ५०औँ मिनेटमा बेन ओसबोर्नको पासमा ब्रेरेटन डियाजले गोल गर्दै शेफिल्डलाई पुन: अग्रता दिलाए।

तर, ६१औँ मिनेटमा ब्रुनोले गोल गर्दै युनाइटेडलाई पुन: खेलमा फर्काए। ८१औँ मिनेटमा कोबी माइनुको पासमा ब्रुनोले व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेड ३-२ ले खेलमा अगाडि बढेको थियो।

८५औँ मिनेटमा रासमस होजलुन्डले ब्रुनोकै पासमा गोल गर्दै युनाइटेडलाई ४-२ को जित दिलाए। जितसँगै छैटौँ स्थानमा रहेको युनाइटेडले ३३ खेलबाट ५३ अंक जोडेको छ।

पराजित शेफिल्डको रेलिगेशनबाट बच्ने सम्भावना लगभग समाप्त भएको छ। पुछारमा रहेको शेफिल्डको ३४ खेलबाट १६ अंक रहेको छ।

प्रतिक्रिया:

सम्बन्धित खवर