मौन अवधिलाई मनी अवधि नबनाउन दलहरुलाई रवि लामिछानेको चेतावनी

मौन अवधिलाई मनी अवधि नबनाउन दलहरुलाई रवि लामिछानेको चेतावनी

१२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले मौन अवधिको समयमा आर्थिक चलखेल नगर्न अन्य दललाई चेतावनी दिएका छन्।

वैशाख १५ मा हुने उपनिर्वाचनका लागि आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ । गृहमन्त्री लामिछानेले इलाममा भएको चुनावी सभामा मौन अवधिलाई मनी अवधि नबनाउन दलहरुलाई चेतावनी दिए ।

‘मौन अवधि भनेको मनि अवधि भएको कुरा तपाईहरुले सुन्नुभएको छ होला,’ गृहमन्त्री लामिछानेले भने,‘खबरदार, इलाम र बझाङमा मौन अवधिलाई मनि अवधिको प्रयोग नगरोस् ।’

निर्वाचन आचार संहिताको पालना गर्न लामिछानेले आग्रह गरे । आचार संहिता उल्लंघन गर्नेलाई कानुनको दायरामा ल्याउने बताए । ‘अधिकार र शक्तिको दुरुपयोग गरेर उम्मेदवारलाई जिताउनु छैन । मिलन लिम्बुलाई जिताएनन् भने पनि जनता जिन्दावाद,’ लामिछानेले भने ।

चुनावको बेला पैसा बाँड्न हिडेकालाई नियन्त्रणमा लिने सुरक्षाकर्मीकोे उच्च मूल्यांकन हुने उनले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर