
११ बैशाख, दमक । अनोरास्ववियु इलाम दमक सम्पर्क मञ्चको आयोजनामा दमक स्थित दमक पाथीभरा होटलमा सोमबार उपनिर्वाचन विशेष विधार्थी भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा इलाम घर भई हाल दमकमा रहेर अध्ययन अध्यापन गर्ने, रोजगार गर्ने साथै व्यवसाय गर्ने युवा विधार्थी साथै व्यावसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अनोरास्ववियु इलाम दमक सम्पर्क मञ्चको अध्यक्ष शुक्र फागोको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो । त्यस्तै कार्यक्रमको प्रमुख अतिथी केन्द्रीय कमिटी सदस्य निशेष राई, विशेष अतिथी राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य युवन्तिका राई र प्रदेश कमिटी उपसचिव पारष राई लगायत जिल्ला सदस्यहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष शुक्र फागोले अंक गणितिय आधारमा सुहाङको जित निश्चित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, इलाममा सुहाङले नै जित्ने हो, पछि जित्यो भनेर आश्चार्य मान्नु पर्दैन । नकपा एमालेले एउटा कानुन पढेको, इलामको भूगोललाई बुझेको, देशविदेशको अनुभव बटुलेको, समग्र युवाको समस्या बुझेको, अग्रजहरुको योगदानलाई मनन गरेको सक्षम नेता उठाएको छ, एमाले–माआवाली–कांग्रेश बुढापाकाको पार्टी भन्नेलाई कलिलो नेता उठाएर कडा जवाफ दिएको छ । सम्पूर्ण बामपन्थी एक ठाउँमा उभिएको र नेकपा एमाले–माओवादी–कम्युनिष्ट पार्टी बिप्लब लगायत कम्युनिष्टहरुको साझा उमेद्वार उहाँ हुनुन्छ । विगतको मत परिणामलाई हेर्दा इलाममा नेकपा एमालेको २६ हजार हाराहारीको मत छ भने माओवादीको ५ हजार हाराहारीको मत छ र अन्य कम्युनिष्ट पार्टीको मतहरु पनि भएकोले गर्दा इलाममा सुहाङको जित निश्चित छ, फागोले भन्नुभयो ।
त्यस्तै उहाँले जित निश्चित छ भन्दैमा हात बाँधेर बस्न नहुने पनि बताउनुभयो । सम्पूर्ण इलामबासीलाई यसपाली पार्टी भुलेर सक्षम नेता सुहाङलाई मत दिएर बहुमतका साथ बिजयी गराउन अनुरोध गर्नुभयो ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७