लिभरपुल युरोपा लिगको क्वार्टरफाइनलबाटै बाहिरियो

लिभरपुल युरोपा लिगको क्वार्टरफाइनलबाटै बाहिरियो

७ वैशाख । इङ्लिस क्लब लिभरपुल युरोपा लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको छ।

गविस स्टेडियममा बिहीबार राति सम्पन्न दोस्रो लेगमा घरेलु टोली एटलान्टालाई १-० गोल अन्तरले पराजित गरेपनि लिभरपुल समग्रमा ३-१ को नतिजा सुम्पिँदै प्रतियोगिताबाट बाहिरिएको हो।

पहिलो लेगमा लिभरपुल घरेलु मैदानमा ३-० गोल अन्तरले पराजित भएको थियो।

बिहीबार सम्पन्न खेलमा लिभरपुलका लागि एकमात्रै गोल मोहम्मद सलाहले गरे। उनले खेलको सातौँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।

प्रतिक्रिया:

सम्बन्धित खवर