२१ चैत्र, इलाम । नेपाली कांग्रेसको संस्थापनइतरका नेता शेखर कोइराला र केन्द्रीय सदस्य शशांक कोइरालाले इलाम(२ मा ‘जित्ने’ उम्मेदवारलाई टिकट दिन सचेत गराएका छन् । उनीहरु दुवैको जोड भेषराज आचार्यलाई उठाउनुपर्छ भन्ने छ ।
कांग्रेसको संसदीय बोर्ड बैठकमै कोइरालाद्वयले देउवासमक्ष साझा भनाइ राखेका हुन् । महामन्त्री गगन थापाले बैठकबाट निस्केर ‘सभापतिज्यू मान्दै मान्नुहुन्न, तपाईं गएर सम्झाउनुस् न’ भनेर शेखरलाई आग्रह गरेका थिए । सो पश्चात शेखर र शशांकले देउवालाई झक्झक्याएका हुन् ।
शेखरको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘पार्टीले हारेकालाई टिकट नदिने निर्णय गरिसकेको छ । तर, तपाईंहरु फेरि पनि हारेकैलाई उठाउन खोज्दै हुनुहुन्छ । यो ठीक भएन ।’
शशांकले पनि त्यसमै थप्दै भने, ‘दाइको कुरामा मेरो पनि सहमति छ ।’
इलाम( २ मा भेषराज आचार्यलाई टिकट दिएमा चुनाव जित्ने शेखरको दाबी छ।
उनले भने, ‘इलाममा सबैले भेषराजले जित्छ भन्दैछन्, तपाईं किन बुझ्नुहुन्न ? भेषराजलाई टिकट दिनुभयो भने ठीक छ । होइन भने हार(जीतको जिम्मा तपाईं नै लिनुस् ।’
शशांकले पनि थप्दै भने, ‘दाइको कुरामा मेरो पनि सहमति छ ।’
देउवाले भने खासै सकारात्मक प्रतिक्रिया जनाएनन् । त्यसपछि दुवै नेता बैठक छोडेर हिँडेको स्रोतले बताएको छ ।
इलाम २ को उम्मेदवार चयन गर्न कांग्रेस संसदीय बोर्ड बैठक आज २ बजे बस्ने भएको छ ।