काठमाण्डाै । काेराेना भाइरस संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ९६ हजार ७ सय ९१ पुगेकाे छ । विश्वमा हालसम्म १६ लाख १५ हजार ४९ जनामा काेराेना संक्रमित देखिएकाे छ ।
काेराेना भाइरस फैलन सुरू भएकाे १ सय दिन कटिसकेकाे छ । हाल विश्वमा यसले महामारीकाे रूप लिरहेकाे छ । समाचार तयार पार्दासम्मकाे रेकर्डलाइ हेर्ने हाे भने अमेरिकामा मात्र १६ हजार ६ सय ९७ जनाकाे मृत्यु भइसकेकाे छ । त्यस्तै स्पेनमा १५ हजार ८ सय ४३ जनाकाे मृत्यु भएकाे छ भने इटलीमा १८ हजार २ सय ७९ जना र फ्रान्समा १२ हजार २ सय १० जनाकाे मृत्यु भइसकेकाे छ ।
भाइरस संक्रमण सुरू भएकाे देश चीनमा ३ हजार ३ सय ३६ जनाकाे मृत्यु भइसकेकाे छ भने काेराेनाका हाल सक्रिय संक्रमित भने १ हजार १ सय १६ जनामात्र रहेकाे छ ।
नेपालमा भने २ हजार ८ सय ९५ जनाकाे काेराेना जाँच गरिसकेकाे छ । जसमा ९ जना संक्रमित मध्ये १ जना पूर्ण स्वास्थ्यलाभ गरिसकेकाे छ । नेपालमा भने काेराेनाका कारण मृत्यु भएकाे छैन ।