दुई देशका प्रधानमन्त्री ओली र मोदी बीच टेलिफाेन वार्ता

दुई देशका प्रधानमन्त्री ओली र मोदी बीच टेलिफाेन वार्ता

काठमाण्डाै, २८ चैत्र ।  प्रधानमन्त्री केपि शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोन वार्ता भएकाे छ । टेलिफाेन वार्तामा कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउन आफूहरु सहमत भएको बताएका छन् ।

ओलीले सामाजिक सञ्जालमार्फत मोदीसँगको टेलिफोन वार्ताको विषयमा जानकारी दिएका हुन् ।

लकडाउनका कारण एक अर्काकाे मुलुकमा राेकिएका नागरिकहरूलाई आ–आफ्नो देशमा हेरचाह गर्ने विषयमा दुई देशका प्रधानमन्त्रीबीच छलफल भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर