रेड बुल्ससँग इन्टर मियामीको लज्जास्पद हार

रेड बुल्ससँग इन्टर मियामीको लज्जास्पद हार

११ चैत । लेविस मोर्गनले ह्याट्रिक गोल गरेसँगै अमेरिकन लिग सकरअन्तर्गत इन्टर मियामीले हार बेहोरेको छ।

शनिबार राति सम्पन्न खेलमा न्यूयोर्क रेड बुल्सले मियामीलाई ४–० गोल अन्तरले पराजित गरेको हो।

घरेलु टोली बुल्सको जितमा लेविस मोर्गनले ह्याट्रिक गोल गरे। यता, विकलम्यान कार्माेनाले १ गोल गरेका थिए।

पहिलो हाफमा १–० को अग्रता बनाएको बुल्सले दोस्रो हाफमा थप ३ गोल गरेको थियो। मोर्गनले खेलको ३, ५१ र ७०औँ मिनेटमा गोल गरेका थिए। कार्माेनाले भने ६६औँ मिनेटमा गोल गरे।

जितसँगै बुल्स ५ खेलमा १० अंक जोडेर तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। पराजित मियामीको भने ६ खेलमा १० अंक छ। मियामी दोस्रो स्थानमा छ।

मियामीका लिओनल मेसी घाइते भएका कारण खेलेका थिएनन्।

प्रतिक्रिया:

सम्बन्धित खवर