२३ चैत्र, इलाम । इलामको चुलाचुली गाउँपालिकाले गरिव तथा विपन्न परिवारलाई राहत सामाग्री वितरण गर्न गरेको छ । ज्याला मजदुरी गरी दैनिक गुजारा चलाउने गरिव तथा विपन्न परिवारलाई लकडाउनको वेला समस्या पर्ने भन्दै पालिकाले गरिव तथा विपन्न परिवारको पहिचान गरी खाद्यन्न राहत वितरण गर्न सुरु गरेको हो ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण रोक्न सरकारले देशैभरी लगाएको लकडाउनको समय लम्विदै जाँदा ग्रामिण भेगका जनताको दैनिकीमा पनि अशर पर्न थालेको छ । दैनिक ज्यालामजदुरी गरेर गुजारा चलाउने तल्लो स्तरका जनताहरुलाई यसको अशर झनै परेको छ । यसै विपत्तीको सामना गर्न चुलाचुली गाउँपालिकाले हाल पालिकामा रहेका अत्ति विपन्न परिवार तथा अशक्त व्यक्तिहरुको पहिचान गरी चामल, दाल, तेल, नुन जस्ता अत्यावश्यकीय खाद्यन्न सामाग्री राहत स्वरुप वितरण गर्न सुरु गरेको गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले जानकारी दिनुभयो ।
जम्मा ६ वटा वडा रहेको गाउँपालिकाले आज वडा नं. १ देखी ६ सम्मका करिव ८ सय विपन्न परिवारलाई खाद्यन्न राहत सामाग्री वितरण गरेको वन, वातावरण तथा विपद् व्यवस्थापन समितीका संयोजक तथा वडा नं. १ का अध्यक्ष पुर्ण लावती (ध्रुव)ले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं. १ मा १ सय ३ परिवार, वडा नं. २ मा १ सय २६ परिवार, वडा नं. ३ मा ९२ परिवार, वडा नं. ४ मा १ सय १ परिवार, वडा नं. ५ मा २ सय २८ परिवार र वडा नं. ६ मा १ सय ३८ परिवारलाई खाद्यन्न राहत सामाग्री वितरण गरिएको छ ।
चुलाचुलीमा रहेका गरिव तथा विपन्न परिवारको पहिचान गरी राहत वितरणको कार्यलाई तिव्रता दिईएको गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत काजिमान राईले जनाउनुभयो । उहाँका अनुसार १० जनासम्म परिवार संख्या भएका परिवारलाई ५० केजि चामल, दुई लिटर तेल, दुई किलो नुन र ४ किलो दाल वितरण गरिएको छ । र परिवार संख्या कम भएका परिवारलाई सोही अनुसार मिलाएर खाद्यन्न राहत सामाग्री वितरण गरिएको बताईएको छ ।
यस्तैगरी गाउँपालिकाले आज वितरण गरेको राहतमा छुटेका परिवारहरुलाई भोली, पर्सी तथा आउदो दिनहरुमा पहिचान गरेर पनि खाद्यन्न वितरण गरिने चुलाचुलीका युवा व्यवसायी तथा पालिका अध्यक्षका निजि सचिव संञ्जय राईले जनाउनुभएको छ ।
यस्तै अन्य जिल्ला संग सिमा जोडिएको क्षेत्रमा गाउँपालिकाले थप कडाई गरेको छ । झापा जिल्ला संग सिमाना जोडीका क्षेत्रहरुमा पुर्ण रुपमा लकडाउन गरिएको गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष रनबहादुर लिम्बूले जानकारी दिनुभयो । चुलाचुलीका स्वास्थ्य शाखा प्रमुख दुस्यान्त दाहालका अनुसार हाल चुलाचुलीमा क्वारेन्टाईन निर्माण गरी कोरोना भाइरस (कोभिट १९) संक्रमणका शंका लागेका विरामीको स्वस्थ्य परिक्षण समेत भईरहेका बताईएको छ ।