ठूलो संख्यामा खरिदार माग गर्दै लोक सेवा आयोगले गर्यो दरखास्त आह्वान

ठूलो संख्यामा खरिदार माग गर्दै लोक सेवा आयोगले गर्यो दरखास्त आह्वान

३० फागुन । लोक सेवा आयोगले ठूलो संख्यामा खरिदार माग गर्दै दरखास्त आह्वान गरेको छ।

आयोगले बुधबार सूचना जारी गर्दै ५ सय ३७ जना खरिदार (राजपत्र अनंकित द्वितीयश्रेणी अप्राविधिक) का लागि आवेदन माग गरेको हो।

आयोगले धनकुटामा ३८, इलाममा ३१, खोटाङमा २६, जलेश्वरमा ७१, काठमाडौंमा ११८, हेटौंडामा १६, पोखरामा ४५, बागलुङमा २०, बुटवलमा ३५, दाङमा २७, सुर्खेतमा ३१, जुम्लामा १८, दिपायलमा ३४ र महेन्द्रनगरमा २७ जना नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो।

लिखित परीक्षा, कम्प्युटर सिप परीक्षण तथा अन्तर्वार्ताका माध्यमबाट ५ सय ३७ जना खरिदार कर्मचारी छनोट गरिने सूचनामा उल्लेख छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि यही चैत २० सम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ।

दोब्बर दस्तुर तिरेर भने चैत २७ सम्म आवेदन दिन सकिने छ। सामान्य ज्ञान तथा आधारभूत सिप परीक्षण आगामी वैशाख २९ गते बिहान ११ बजे हुने आयोगले जनाएको छ।

त्यस्तै प्रथम चरणको परीक्षामा उत्तीर्ण भएका उम्मेदवारका लागि दोस्रो र तेस्रो पत्रको परीक्षा आगामी असार १४ र १५ मा हुने सूचनामा उल्लेख छ।

प्रतिक्रिया:

सम्बन्धित खवर