योङहाङ समाजले दियो ६३ बिपन्न परिवारलाइ खाद्यान्न सहयोग

योङहाङ समाजले दियो ६३ बिपन्न परिवारलाइ खाद्यान्न सहयोग

२३ चैैैत्र, इलाम । कोरोना (Covid 19)को सम्भावित संक्रमणको रोकथाम र नियन्त्रण गर्नको लागि लकडाउनको कारण मजदुर एवं विपन्न घरपरिवारको खाद्यान्न अभाए भए पछि योङहाङ समाज इलामद्दारा फाकफोकथुम-७ मा ६३ घरपरिवारलाई खाद्यान्न एवं माक्स वितरण गरेको छ ।

योङहाङ समाजका अध्यक्ष पंचबहादुर योङहाङ र सचिव दिपक लिम्बुको अनुसार फाकफोकथुम-७ योङ्हाङका जागिर खाने तथा समाजसेवीहरु रकम संकलन गरि चामल, साबुन र माक्स वितरण गरिएको हो। नागरिक संग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यकर्मी एवं सुरक्षा निकायको निम्ति एकतप्पा स्वास्थ्य चौकी, एकतप्पा प्रगरी चौकी र एकतप्पा आयुर्वेद आैसाधालयमा सेनिटाइजर, डिटोल साबुन, माक्स र हात धुनको लागि पानिबाल्टि वितरण समेत गरिएको थियो । फाकफोकथुम सरोकार समाज, इलामको सचिव एवं सामाजिक अभियान्ता प्रकाश परियारको उपस्थितिमा खाद्यान्न वितरण सगै कोरोना भाइरस बाट बच्न एवं रोकथामको लागि अपनाउनु पर्ने आवस्यक सावधानी र लक डाउनमा पालना गर्नु पर्ने ज्ञान बारे अभिमुखिकरण समेत गराइएको थियो ।

फाकफोकथुम-७ स्थित दोकान डाँडामा वितरण गरिएको खाद्यान्न लिनेहरुमा इन्द्रबहादुर आङ्देम्बे, डिक बहादुर लिम्बू, टंक लिम्बू, गजराज लिम्बू, फिपराज फागो, नरकुमार आङदेम्बे, चन्द्रीमाया लिम्बू, सेतिमाया तामाङ, कुलमाया लिम्बू, भत्तबहादुर लिम्बू, बम बहादुर लावती, दिलकुमार आङ्बो, मनकुमार आङ्बो, अमृत नेम्वाङ, भिम बहादुर लिम्बू, इन्द्रबहादुर आङ्देम्बे(ख), आइत बहादुर लिम्बू, राजेश लिम्बू, आइत बहादुर लिम्बू, सारद्द्ज लिम्बू, कल्पना लिम्बु, शेरसिंह लिम्बू, रामबहादुर लिम्बू, प्रेम बहादुर लिम्बू, पदम बहादुर लिम्बू, रनबहादुर दमाई, सीता दमाई, जमुना भुजेल, लोकबहादुर भुजेल, सनसरे लिम्बू, मैत बहादुर लिम्बू, कविता राई, बुद्दबहादुर आङ्देम्बे, दल बहादुर लिम्बू, नरमाया भुजेल, प्रकाश सुगुरे, सुकवीर रसाइली, प्रीथिविमान माखिम, भगिमाया लिम्बू, लिलामाया लिम्बू, इन्द्रबहादुर लिम्बू, यामरानी लिम्बू, बुद्दिमान राई, कर्णबहादुर भुजेल, बस्नेत घरे, गणेश आङ्बो, नयाँ घरे माइले लिम्बू, दौलत लिम्बू, भावना लिम्बू, जितबहादुर आङ्बो, मनबहादुर आङ्बो, तेज बहादुर लिम्बू, बुद्दमाया लिम्बू, सरनध्वज लिम्बू, गंगामाया कोइराला, बिमबहादुर लिम्बू, तोयानाथ लिम्बू, सीता लिम्बू(ख), राम प्रसाद लिम्बू, अन्तरे लिम्बु र आइतबहादुर लिम्बु रहेका छन् ।

स्थानीय तहबाट राहत वितरण गर्नको लागि केही दिन समय लाग्ने भएपछि श्रमिक एवं बिपन्न परिवारलाई खाद्यान्न अभाए भए पछि खाद्यान्न वितरण गतिएको हो । अन्य वाडामा समेत खाद्य्यान सहयोग गर्ने कार्यक्रम रहेको समाजका सचिव दिपक योङहाङले बताएका छ्न । फाकफोकथुम-७ स्थित योङहाङ परिवारका जागिरे एवं समाजसेविहरु कर्ण बहादुर लिम्बू ४२००, हरि योङहाङ-३०००, मनोहर योङहाङ-३०००, तीलविक्रम लिम्बू-३०००, पंचबहादुर योङहाङ-३०००, डम्बर योङ्हाङ-३००० र भुपेन्द्र योङ्हाङले ३००० रुपैयाँ राहत वितरणको लागि आर्थिक सहयोग गरेको समाजका अध्यक्ष पंचबहादुरले बताएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर