२२ चैत्र, इलाम । इलामको माईजोगमाई गाउँपालिकाले गरिव, विपन्न परिवार तथा अशक्त व्यक्तिहरुलाई राहत सामाग्री वितरण गर्न सुरु गरेको छ । ज्याला मजदुरी गरी दैनिक गुजारा चलाउने गरिव तथा विपन्न परिवारलाई लकडाउनको वेला समस्या पर्ने भन्दै पालिकाले गरिव तथा विपन्न परिवारको पहिचान गरी खाद्यन्न राहत वितरण गर्न सुरु गरेको हो ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण रोक्न सरकारले देशैभरी लगाएको लकडाउनको समय लम्विदै जाँदा ग्रामिण भेगका जनताको दैनिकीमा पनि अशर पर्न थालेको छ । दैनिक ज्यालामजदुरी गरेर गुजारा चलाउने तल्लो स्तरका जनताहरुलाई यसको अशर झनै परेको छ । यसै विपत्तीको सामना गर्न माईजोगमाई गाउँपालिकाले हाल पालिकामा रहेका अत्ति विपन्न परिवार तथा अशक्त व्यक्तिहरुको पहिचान गरी चामल, दाल, तेल, नुन जस्ता अत्यावश्यकीय खाद्यन्न सामाग्री राहत स्वरुप वितरण गर्न सुरु गरेको गाउँपालिका अध्यक्ष जितबहादुर राईले जानकारी दिनुभयो ।
जम्मा ६ वटा वडा रहेको गाउँपालिकाले हिजो मात्र वडा नं. ६ का २९ र वडा नं. ५ का ४६ विपन्न परिवारलाई चामल, दाल, तेल, नुन जस्ता खाद्यन्न सामाग्री वितरण गरेको थियो । यस्तैगरी गाउँपालिकाले आज वडा नं. ४ का ३६ र वडा नं. ३ का ५३ विपन्न परिवारलाई पालिका अध्यक्ष राई, सम्वन्धीत वडाध्यक्ष तथा नेपाल प्रहरीको रोहवरमा सोही प्रकारको खाद्यन्न राहत सामाग्री वितरण गरीएको माईजोगमाई गाउँपालिकाका युवा नेता संजिव थामीले जानकारी दिनुभयो । उहाँका अनुसार सोही क्रममा भोली वडा नं. २ र वडा नं. १ का विपन्न परिवारलाई पनि खाद्यन्न राहत सामाग्री वितरण गरिने छ ।
यस्तै भारतिय क्षेत्र संग सिमा जोडिएको स्थानमा गाउँपालिकाले थप कडाई गरेको छ । नेपाल र भारतको सिमानाका बन्द अवस्थमा रहे पनि प्रहरी परिचालनमा थप कडाई गरिएको पालिका अध्यक्ष राईले जानकारी दिनुभएको छ । यसका साथै भारतिय सिमा नाका रहेको माईजोगमाई २ को तुम्लिङमा हेल्प डेस्क राखेर स्थानियहरुको स्वास्थ्य पक्षिण भईरहेको पनि बताईएको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७