लकडाउनको बेला क्याम्पस प्रमुखबाट सवारी पासको दुरुपयोग

लकडाउनको बेला क्याम्पस प्रमुखबाट सवारी पासको दुरुपयोग

२१ चैत्र, इलाम । रामप्रसाद गुरागाईं महेन्द्र रत्न बहुमुखि क्याम्पस इलामका क्याम्पस प्रमुख हुन् । गैरजिम्मेवार अनि फितलो कार्यशैलीको कारण पटक–पटक विवादमा आइरहने क्याम्पस प्रमुख गुरागाईं महामारीको समयमा फेरि एक पटक अख्तियारको दुरुपयोग गरेर चर्चामा आएका छन् ।

कोरोना भाईरस (COVID-19) को महामारीको कारण सरकारले लकडाउन गरेसँगै यातायात आवागमनको लागि प्रशासनको पास अनिवार्य गरिएपछि क्याम्पसको नाम बेचेर उनले सवारी पासको दुरुपयोग गरेको खुलेको हो । क्याम्पस प्रमुख गुरागाईं आफैंले जिल्ला प्रशासन कार्यालय इलाममा क्याम्पसको अत्यावश्यक कामको लागि विराटनगर जानुपर्ने भएकाले मे १ च २७९४ नम्बरको गाडिको लागि सवारी पासको माग गरेर पत्र लेखेका थिए । जिल्ला प्रशासन कार्यालयले चैत्र १५ गतेका दिन भोलिपल्ट १६ गते एक दिनको लागि कार्यालयको कामकाजको लागि जाने मात्र भन्ने उद्देश्य समेत लेखेर इलामदेखि विराटनगर सम्मको पास उपलब्ध गराएको थियो । त्रिभुवन विश्वविद्यालय र त्यस सबै संरचनाहरु अहिले बन्द रहेका छन् । यतिसम्म कि त्रि.वि. ले चल्दै गरेका परिक्षाहरु समेत अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरेको अवस्था छ । यस्तो अवस्थामा क्याम्पसको कामले विराटनगर जानु छ भनेर इलामको चुलाचुलीमा रहेकी श्रीमतिलाई ल्याएर प्रमुख गुरागाईंले अख्तियारको दुरुपयोग गरेका हुन् ।

प्रमुखले बोल्दाबोल्दै फोन काटे:

यस बारेमा सत्यतथ्य बुझ्नको लागि क्याम्पस प्रमुख गुरागाईंलाई गृह खबरले मोबाईलबाट सम्पर्क गरेको भएपनि उनले बोल्दाबोल्दै फोन काटेका छन् । महामारीको समयमा क्याम्पसको साधन र अख्तियारको दुरुपयोग गर्नुभएछ नि भनेर सोध्दा बैशाख ७ गते सेमेष्टरको परिक्षा भएकोले विराटनगर जानैपर्ने भएकाले पास लिएर गएको थिएँ भन्ने जवाफ दिएका प्रमुख गुरागाईंले अनि सबै बन्द भएको समयमा कसरी परिक्षा हुन्छ ? काम हुन्छ भनेर सोध्नासाथ उनले फोन काटेका हुन् ।

ड्राइभर भन्छन्– “मैले त अराएको काम गरेको हुँ”;

क्याम्पसमा करारमा सवारी चालकको रुपमा काम गर्दै आएका प्रेमबहादुर मगरले १६ गते क्याम्पस प्रमुख र आफू क्याम्पसको काममा विराटनगर नगएको स्वीकार गरे । “सरले जाउँ भन्नुभयो, चुलाचुली गएर वहाँको म्याडमलाई लिएर आयौं ।” गाडि चालक मगरले भने– “म त करारमा काम गर्ने कर्मचारी न परें, मैले त अराएको काम गरेको हुँ ।” आफूहरु १६ गते गएर त्यही दिन म्याडमलाई लिएर फर्किएको चालक मगरले बताए ।

सवारी पास वितरण बन्द :
जिल्ला प्रशासन कार्यालय, इलामले गृह मन्त्रालयको निर्देशन बमोजिम भोलीबाट लागू हुनेगरी अत्यावश्यक बाहेकको काममा सवारी पास दिने कार्यलाई बन्द गर्ने सूचना प्रकाशित गरेको छ । गृह मन्त्रालयबाट जारी अत्यावश्यक सेवा संचालनमा प्रयोग हुने सवारी साधनका लागि जारी हुने सवारी साधन अनुमतिपत्र सम्बन्धी कार्यविधि, २०७६ को प्रभावकारी कार्यान्वयनलाई ध्यानमा राखेर सवारी पास वितरणलाई बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी सफल पोर्तेलले बताए । यसअघि खुकुलो रुपमा सवारी पास वितरण गर्नाले सो को दुरुपयोग भएको गुनासो कार्यालयमा आएको समेत जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर


Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270