१३ फागुन, इलाम । जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई र माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई सम्मानित भएका छन् ।
शनिबार इलामको माङसेबुङ गाउँपालिका–२ डोलटार खेलमैदानमा सुरु भएको १४ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनको अवसरमा जिसस प्रमुख राई र पालिका अध्यक्ष राई सम्मानित भएका हुन् ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न सबै पालिकासँग समन्वय गरेर सहयोग गरेको भन्दै जिसस प्रमुख राईलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको जिल्ला खेलकुद विकास समिति अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए ।
यस्तै माङसेबुङ गाउँपालिका अध्यक्ष राईले समेत १४ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न गाउँपालिकाको तर्फबाट व्यवस्थापन गरेर सहयोग गरेको भन्दै सम्मान गरिएको बाँस्तोलाले जानकारी दिए । अध्यक्ष राईलाई पनि सोही कार्यक्रममा दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको अध्यक्ष बाँस्तोलाले जानकारी दिए ।