सामान्य प्रशासनमन्त्री शाहले सुरु गरिन पुलिस क्लबभित्रै अनसन

सामान्य प्रशासनमन्त्री शाहले सुरु गरिन पुलिस क्लबभित्रै अनसन

१६ पौष, काठमाण्डौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी शाह महेन्द्र पुलिस क्लबभित्रै अनसन बसेकी छन् ।

उनले धोतीलाई राष्ट्रिय पोशाकको मान्यता र आज बिहान र्यालीको क्रममा पक्राउ परेकाहरुलाई रिहा गर्नुपर्ने माग राख्दै अनसन थालेको बताइएको छ ।राष्ट्रिय धोती दिवसका अवसरमा बिहान जनमत पार्टीले र्याली निकाल्दै निषेधित क्षेत्र माइतीघरमा प्रवेश गर्न लाग्दा मन्त्रीसहित जनमत पार्टीका अध्यक्ष सिके राउत, पार्टी उपाध्यक्ष तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति अब्दुल खानलगायतलाई पक्राउ गरेको थियो ।

पक्राउ गरिएकाहरुलाई भृकुटी मण्डपस्थित प्रदर्शनी मार्गमा रहेको महेन्द्र पुलिस क्लबमा लगेर राखिएको छ । मन्त्री शाहले क्लबभित्रै अनसन शुरु गरेकी हुन् ।तर, प्रहरीले प्रदर्शनको क्रममा अरु पक्राउ परेपनि मन्त्रीलाई नियन्त्रणमा नलिइएको जनाएको छ । तर, अनिता देवी शाहको सचिवालयले मन्त्री पक्राउ परेको जानकारी दिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर