२८ फाल्गुन, झापा । केहि समय अगाडी सम्म झापाको दमक अस्पतालमा सरकारी क्षेत्रबाट निशुल्क उपलब्ध हुने औषधीहरु पनि प्राप्त गर्न निकै समस्या थियो । तर त्यो समस्या आजभोलि निकै न्यूनिकरण भएको छ । यसले विरामी लाभान्वित भएका छन् ।
सित्तैमा पाउनुपर्ने आौषधी पनि किन्नु पर्दथ्यो । तर हिजोआज त्यो समस्या कम हुदै गएको छ । यसले गरेर बिरामीहरुलाई राहत मिलेको छ । उपचारका लागी आउनुभएका डम्बर श्रेष्ठका अनुसार आज्कल अस्पतालको सेवाप्रवाह पनि राम्रो भएको छ । यसले गरेर आफुहरुलाई सहज भएको उहाँ बताउनुहुन्छ ।
अस्पतालले सुधारेको सेवाका कारण अहिले विरामीको चाप पनि बढ्दै गएको छ । अहिले औषधीको प्रेस्क्रिप्सन लिएर निजी फार्मेसी चाहर्नुपर्ने अवस्था घटदै गएको छ ।
पहिले अस्पतालको प्रमुख समस्या भनेको औषधि नहुनु थियो । तर अहिले समयमै औषधी खरिदको टेण्डर खोलेर आर्थिक बर्षको सुरुमै औषधि भण्डार गरेकाले त्यो समस्या हराउदै गएको सरोकारवालाहरु ब्ताउछन् ।