युवासंघको बाईक र्यालीमाथी दुर्गा प्रसाईको कार्यकर्ताद्धारा ढुंगामुढा प्रहार

युवासंघको बाईक र्यालीमाथी दुर्गा प्रसाईको कार्यकर्ताद्धारा ढुंगामुढा प्रहार

७ मंसिर, काठमाण्डौँ । काठमाडौंको बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको छ । कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो ।

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ ।

त्यही बेला युवासंघको र्याली बल्खुमा पुगेको थियो ।

युवा संघले भने तीनकुनेमा प्रदर्शन गर्दै छ ।

ढुंगामुढाबाट बल्खु आसपासमा केही संरचनामा क्षति पुगेको छ भने केही बाइक र गाडीमा पनि क्षति पुगेको छ ।

अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ । बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ ।
यस्तै युवासंघका अध्यक्ष क्षितिज थेवेले आफुहरु शान्तीपुर्ण राजनितिक शक्ति भएको भन्दै हिंसाको स्थिती रोक्न सरकार संग आग्रह गरेका छन् । फरक रुट बनाएर प्रहरीले आन्दोलनलाई स्कटीङ गर्नुपर्नेमा एक आपसमा भिडलाई जुधाएर सरकारको नियतनै जुधाउन चाहेको होकी भन्ने लागेको उनले बताए । युवाहरुको बाईक र्यालीलाई राजाबादीहरुले लुकेर डाडाबाट ढुङ्गा हानेर गलत गरेको बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270