भूकम्पपछिको उद्धार, राहत र पुर्नस्थापनाका लागि १५ करोड आर्थिक सहयोग

भूकम्पपछिको उद्धार, राहत र पुर्नस्थापनाका लागि १५ करोड आर्थिक सहयोग

३ मंसिर, काठमाण्डौँ । गत कात्र्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपछिको उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारले १५ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग पाएको छ । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १ मंसिरसम्म १५ करोड २८ लाख २९ हजार रुपैयाँ संकलन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको थियो । सो भूकम्पबाट प्रभावितका लागि उद्धार, राहत र पुनस्र्थापनाका लागि सहयोग रकम घोषणा गर्न होडबाजी नै चलेको थियो ।

तर, सरकारले एकद्वारका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले बिहीबारसम्म संकलन भएको रकम सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

एक करोडभन्दा माथि सहायता गर्नेमा मिनबहादुर गुरुङ (१ करोड ११ लाख ११ हजार), बुद्ध एयर (१ करोड), राष्ट्रिय वाणिज्य बैंक (१ करोड), ग्लोबल आईएमई बैंक (१ करोड), सूर्य नेपाल प्रालि (१ करोड), गोर्खा ब्रुअरी (१ करोड), क्यान सेन्ट्रल पेमेन्ट (१ करोड) रहेको छ ।

कृषि विकास बैंकसहित नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ५० लाख रुपैयाँ जम्मा गरेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270