विवाद्वीत उपरथी ताराध्वज पाण्डेले दिए राजीनामा

विवाद्वीत उपरथी ताराध्वज पाण्डेले दिए राजीनामा

२४ कार्तिक, काठमाण्डौँ । रथी बढुवा सिफारिसमा विवादमा परेका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् । उमेर कीर्ते प्रकरणमा जंगी अड्डाले छानवीन समिति गठन गरेपछि पाण्डेले बिहीबार साँझ राजीनामा बुझाएर हिँडेको स्रोतले जनाएको छ ।

प्रधान सेनापति प्रभुराम शर्मा पाण्डेलाई नै रथीमा बढुवा गर्ने पक्षमा उभिए पनि बलाध्यक्ष रथी सीताराम खड्काले बढुवा समितिमा असहमति जनाएका थिए । उमेर कीर्तेका प्रमाणहरु नै बाहिर आइसकेको अवस्थामा व्यक्तिभन्दा संस्था जोगाउनु मुख्य विषय भएको उनको भनाइ थियो । अख्तियारले समेत रक्षा मन्त्रालयमार्फत जंगी अड्डामा उमेर कीर्तेबारे पत्र पठाएपछि खड्काकै नेतृत्वमा छानविन समिति गठन भएको बताइएको छ ।

छानविन समिति बनेलगत्तै पाण्डेले राजीनामा दिएको स्रोतले जनाएको छ । उनको दुईवटा अलग अलग नम्बरका नागरिकता रहेको र प्रमाणपत्रमा समेत ढड्डाभित्र पसेर एसएलसी पास गरेको ४ वर्षपछि केरमेट गरेको पाइएकाले आफू फस्ने भएपछि राजीनामा गरेर हिँडेको बुझिएको छ ।

पाण्डेको राजीनामा जंगी अड्डाबाट रक्षा मन्त्रालयमा पठाइसकिएको प्रवक्ता कृष्ण प्रसाद भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270