प्रधानमन्त्री ओलीको मृर्गौला प्रत्यारोपण सफल: नयां मृगौलाले काम गर्न थाल्यो

प्रधानमन्त्री ओलीको मृर्गौला प्रत्यारोपण सफल: नयां मृगौलाले काम गर्न थाल्यो

२१ फाल्गुन, काठमाण्डौँ । नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको मृर्गौला प्रत्यारोपण सफल भएको छ । चार घण्टा लगाएर गरिएको प्रत्यारोपण सफल भएको शिक्षण अस्पताल महारजगन्जले जनाएको छ ।

शिक्षण अस्पताल महाराजगञ्जमा बिहान १० बजेदेखि प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण शल्यकृया सुरु भएको बताईएको थियो । प्रत्यारोपण गरिएको मृर्गौलाले काम गर्न थालेको शल्यकृयामा सहभागी चिकित्सकहरुले जनाएका छन् ।

प्रधानमन्त्री ओलीको सफल मिर्गाैला प्रत्यारोपणको कामना गर्दै अस्पतालबाहिर ठूलो संङ्खयामा नेता, कार्यकर्ता तथा शुभेच्छुकको उपस्थित रहेको छ ।
प्रधानमन्त्री ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको हो । यसअघि भारतको एपोलो अस्पतालमा १२ वर्षअघि मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर