रिगल भनिने योगराज ढकाल नेपालगञ्जबाट पक्राउ

रिगल भनिने योगराज ढकाल नेपालगञ्जबाट पक्राउ

१६ कार्तिक, काठमाण्डौँ । रिगल डन भनिने योगराज ढकाल नेपालगञ्जबाट पक्राउ परेका छन् । चेतन मानन्धरको हत्या अभियोग पुष्टि भएरपछि उनलाई बाँके जिल्ला अदालतले सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

नवौं संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । रिगलको आममाफीविरुद्ध भारती मानन्धरले सर्वाेच्च अदालतमा रिट निवेदन दिएकी थिईन् ।

उक्त रिट निवेदनको सुनुवाई गर्दै सर्वाेच्च अदालतको पूर्ण इजलासले उनलाई तत्काल पक्राउ गरी बाँकी कैद भुक्तान गराउन भनेको थियो । अदालतको आदेशसँगै उनी नेपालगञ्जबाट पक्राउ परेका हुन् ।

रिगलले नेपालगञ्जका चेतन मानन्धरको खुँडा प्रहार गरी हत्या गरेका थिए । चेतनको हत्यामा अभियोगमा रिगलले ११ वर्ष ११ महिना ५ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको सर्वाेच्चको फैसलामा उल्लेख छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर