समाजवादउन्मुख राष्ट्रको अभ्यास र अनुभूति गर्न पाएका छैनौँः शेरबहादुर देउवा

समाजवादउन्मुख राष्ट्रको अभ्यास र अनुभूति गर्न पाएका छैनौँः शेरबहादुर देउवा


२४ भदौ, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा लेखेपनि अझै अभ्यास गर्न नपाएको बताएका छन् ।

बीपी कोइरालाको ११०औं जन्मजयन्तीको अवसरमा आयोजित बीपी साहित्य महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आज नेपाली कांग्रेसले बहुदलीय शासन प्रणालीमा प्रजातान्त्रिक समाजवादलाई मूल सिद्धान्त बनाएर अघि बढिरहेको उनले बताए ।

लामो समयको अन्तरालसँग आज हाम्रो मुलुक पनि बीपीले देखाएको मार्गमा अघि बढिरहेको तर, स्थायित्व नपाएको उनको भनाई थियो । नेपाल समाजवादउन्मुख राष्ट्र भनेर संविधानमा लेखेका छौं । तर, अभ्यास र अनुभूति गर्न नपाएको बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर