१८ भाद्र, काठमाण्डौँ । नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा पार्टी प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको चयनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिएको छ । निर्वाचन कमिटीले जारी गरेको प्रारम्भिक नामावलीको सूचनामा अध्यक्षमा दुई, उपाध्यक्षमा चार र सचिवमा दुई जनाको उम्मेदवारी परेको बताईएको छ ।
अध्यक्षमा हरि रिजाल र राधाकृष्ण कँडेलको उम्मेदवारी परेको छ । उपाध्यक्ष पुजन विक, भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल, शान्ताकुमारी वलीले उम्मेदवारी दिएका छन् । यस्तै सचिवमा लक्ष्मण आचार्य र सोमनाथ सापकोटाले उम्मेदवारी दिएका छन् ।
उपसचिव पुरुष तर्फ उपेन्द्रलाल कामी, दुर्गाप्रसाद थारु र पूर्णबहादुर बुढा मगरले उम्मेदवारी दिएका छन् भने महिला उपसचिवमा लीला राना मगर र बसन्ती अधिकारीले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।