ज्ञानेन्द्र मल्लले १८ बर्षे क्रिकेट यात्राबाट सन्यास लिए

ज्ञानेन्द्र मल्लले १८ बर्षे क्रिकेट यात्राबाट सन्यास लिए

१९ साउन, काठमाण्डौँ । ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेटले विभिन्न कालखण्डमा भोग्दै आएको उतार—चढावका सक्रिय सारथिका एक नाम हो । उनले नेपाली क्रिकेटको क्षितिजलाई फराकिलो बनाउन महत्त्वपूर्ण योगदान र्पुयाएका छन् ।

सधैँ हँसिलो मुद्रा र शालीन शैलीमा प्रस्तुत हुने अनुभवी खेलाडीले आफ्नो जीवनको ऊर्जाशील समय नेपाली क्रिकेटकै लागि खर्चिए । उमेरले ३३औं वर्ष प्रवेशको संघारमा रहेका यी प्रभावशाली ब्याट्सम्यानले करिब १८ वर्ष देशका लागि क्रिकेट खेले ।

नेपालले सन् २०१४ मा पहिलो पटक टीट्वान्टी विश्वकप खेल्दा होस् वा सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट एकदिवसीय राष्ट्रको मान्यता पाउँदा । अथवा, नेपालले डिभिजन फाइभदेखि डिभिजन थ्री सम्मको यात्रा तय गर्दा नै किन नहोस् । यस्ता थुप्रै उपलब्धिमा यी कुशल ब्याट्सम्यानले बनाएको रनको निकै ठूलो योगदान छ ।

सन् २००५र०६ मा पहिलो पटक राष्ट्रका लागि खेल्न ब्याट समाएर मैदानमा ओर्लँदा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले हासिल गरेको उपलब्धि निकै कम थियो ।

तर, पछिल्लो समय नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्काे सफलता हात पार्दै गएको छ । यी सबै सफलतामा ज्ञानेन्द्रको नाम अभिन्न रुपले जोडिएर आउँछ ।

यतिबेला नेपाली क्रिकेट टोली एसिया कप क्रिकेटजस्तो ठूलो प्रतियोगिता खेल्ने तयारीमा व्यस्त छ । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशजस्ता प्रभावशाली टेस्ट राष्ट्रहरुको सहभागिता रहने एसिया कप अगस्त ३१ देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुँदैछ ।

त्यसैले, यी अनुभवी ब्याट्सम्यानले आगामी एसिया कपमा पनि देशका लागि उत्कृष्ट प्रदर्शन गर्ने आशा धेरै क्रिकेटप्रेमीले गरेका थिए । तर, देशले ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारी गरिरहँदा वर्तमान नेपाली टोलीका सबैभन्दा अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्रले अप्रत्याशित रुपमा सक्रिय खेल जीवनबाट सन्न्यास लिएको घोषणा गरे ।

काठमाडौँको एक होटलमा शुक्रबार आफैले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत उनले सक्रिय खेल जीवनबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।

उनले अन्तर्राष्ट्रिय प्रतियोगितामात्र होइन, कुनै पनि घरेलु प्रतियोगितासमेत नखेल्ने जानकारी दिए । ‘आज (शुक्रबार) को मितिदेखि नै खेल जीवनबाट सन्न्यास लिएको जानकारी गराउन चाहन्छु,’ उनले भने ।

उनले खेलाडीको भूमिकाबाट बिदा लिए पनि आफू क्रिकेटबाट भने कहिल्यै टाढा रहन नसक्ने बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270