प्रदेश–१ को नाम बहुपहिचानको आधारमा राख्न पहल गर्छुः सुवास नेम्वाङ

प्रदेश–१ को नाम बहुपहिचानको आधारमा राख्न पहल गर्छुः सुवास नेम्वाङ


२५ कार्तिक, इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रदेश १ को नाम बहुपहिचानको आधारमा राख्न पहल गर्ने बताउनुभएको छ । इलाम क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेद्धवार समेत रहनुभएका उहाँले इलामको लारुम्वामा चुनावी सभालाई सम्वोधन गर्र्दै प्रदेश १ को नाम किरात–सगरमाथा राख्न आफु तयार रहेको र आउँदो समयमा पहल गर्ने उहाँले बताउनभएको हो ।

किरात धर्मलम्वीहरुको पवित्रस्थल लारुम्वामा पुगेर नेता नेम्वाङले भन्नुभयो ‘प्रदेश १ को नामाकरण अहिलेसम्म हुन सकेको छैन । त्यसमा हामी सवैको कमजोरी भएको छ । बिचमा पार्टी विभाजनले पनि त्यसमा समस्या भयो । तर अवको निर्वाचन पछि हाम्रो सरकार बन्यो भने हामी प्रदेश १ को नामाकरण गर्ने छौँ । त्यसमा तपाईहरुको माग अनुसार बहुपहिचानको आधारमा सगरमाथा–किरात प्रदेश नामाकरण गर्न म पहल गर्ने छु ।’

साथै उहाँले नेपालको मैलिक संस्कृती र परम्परा मुन्धुमको संरक्षण र संवद्र्धनका लागि मुन्धुम विश्वविद्यालय स्थापनाका लागि पनि पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नभएको छ । ‘मुन्धुमको अध्यन, अनुसन्धान र खोज गर्न त्रिभुवन विश्वविद्यालय जस्तै मुन्धुम विश्वविद्यालयको स्थापनम गर्न म पहल गर्ने छु’ उहाँले भन्नुभयो ।

जनताले जिताएर पठाए शिर निहुरिने काम कहिले नगर्ने र मतदाताको समस्यामा सधै साथ रहने प्रतिवद्धता उहाँले दोहोर्याउनु भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर