एमालेले जहाँ टेक्यो त्यहाँ विकास भयोः ओली

एमालेले जहाँ टेक्यो त्यहाँ विकास भयोः ओली


२५ कार्तिक, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले देशमा विकासको लहर ल्याएको दाबी दाबी गरेका छन् । झापाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘एमालेले जहाँ टेक्यो त्यहाँ विकास भएको छ । हामीले त्यो कुरा घोषणापत्रमा सबै लेखेका छौँ । मुख्य–मुख्य सबै कुरा लेखेका छौँ । सबै समेट्न सकेका छैनौँ ।’

चुनावपछि आफ्नो नेतृत्वको सरकार बन्ने दाबी गर्दै ओलीले एमाले सरकारले गरेका अपूरा काम पूरा गर्न पनि सरकारमा आउनै पर्ने बताए । उनले भने, ‘पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकरण भएको होला । महेन्द्रको पालामा पूर्व–पश्चिम राजमार्ग बने होलान् । तर, आधुनिक जमानामा देखाउन लायक काम एमालेले नै गरेको छ ।’

प्रतिक्रिया:

सम्बन्धित खवर