पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा अनेरास्ववियुको मसाल जुलुस

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा अनेरास्ववियुको मसाल जुलुस


२६ कार्तिक, काठमाण्डौँ । नेकपा एमाले निकट अनेरास्ववियुले आज साँझ मसाल जुलुस निकालेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै अनेरास्ववियुले मसाल जुलुस निकालेको हो ।

अनेरास्ववियुले निरन्तर रुपमा भइरहेको मूल्य वृद्धिलाई अत्याचारको पराकाष्ठ भन्दै भनेको छ, ‘यस्ता जनविरोधी कदमको अनेरास्ववियु घोर भत्सना गर्दै श्रृंखलाबद्ध रुपमा भइरहेको मूलय वृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दछ ।’

नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ तथा खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिण्डर ७५ रुपैयाँले मूल्य बढाएको थियो ।

 

 

 

 

प्रतिक्रिया:

सम्बन्धित खवर