
२५ असोज, इलाम । राष्ट्रिय युवा संघ नेपाल चुलाचुली गाउँ कमिटीको आयोजनामा नयाँ कमिटी घोषणा कार्यक्रम सम्पन्न भएको छ । युवा संघका केन्द्रिय उपाध्यक्ष तथा युथ फोर्सका केन्द्रिय अध्यक्ष क्षितीज थेबेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नरेन्द्र क्षेष्ठको अध्यक्षतामा ५७ सदस्य युवा संघ चुलाचुली कमिटी तथा सन्दिप राईको अध्यक्षतामा ३३ सदस्य युथ फोर्स चुलाचुली कमिटी घोषणा भएको छ ।
इलामको चुलाचुली ४ आईतबारेमा भएको कार्यक्रममा युथ फोर्सका केन्द्रिय अध्यक्ष थेबे सहित युवा संघ प्रदेश अध्यक्ष बिजय डागी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दे युथ फोर्स अध्यक्ष थेबेले युवाशक्तिलाई समाज रुपान्तरणका लागि उपयोग गर्नुपर्ने बताउनुभयो । युवाहरुको भावनालाई समेटेर युवा संघ अगाडी बढ्नुपर्ने बताउनुभयो । अर्को प्रसङ्मा बोल्दै उहाँले देशमा अहिले परमादेशको सरकार रहेकाले जनताको काम गर्न नसक्ने बताउनुभयो ।
कार्यक्रममा युवा संघका केन्द्रिय सचिवालय सदस्य तथा प्रदेश १ अध्यक्ष विजया डांगी, केन्द्रिय सचिवालय सदस्य तथा इलाम जिल्ला कमिटी पुर्व अध्यक्ष अरुण बराल, एमाले इलामका सचिवालय सदस्य ओमनाराण खनाल, युवा संघका केन्द्रिय सचिवालय सदस्य अनुप अधिकारी, युवा संघ इलामका पुर्व अध्यक्ष मुखराज आङ्देम्बे लगायतले मन्तब्य राख्नुभएको थियो ।
युवा संघ चुलाचुलीका संयोजक नरेन्द्र क्षेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कन्चन राईले स्वागत मन्तब्य राख्नुभएको थियो । यस्तै कार्यक्रम संञ्चालन उद्धब ओझाले गर्नुभएको थियो भने ब्यवस्थापन केन्द्रिय सदस्य कुमार राई र शिब तुम्रोकले गर्नुभएको थियो ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७