
२३ भाद्र, काठमाण्डौँ । प्रतिनिधिसभाको बैठक भाद्र २५ गतेसम्मलाई स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदको अवरोधबीच गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश पेस गर्नुभएपछि बैठक स्थगित भएको हो ।
बैठकको शुरूमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । त्यस्तै प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनय नाम समेत पढेर सुनाउनुभएको थियो ।
एमाले अवरोधका कारण बैठक दुईपटक स्थगित भएको थियो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७