एमालेलाई कसैले हेप्न खोज्छ भने चुप लागेर बस्दैनौँः विशाल भट्टराई

एमालेलाई कसैले हेप्न खोज्छ भने चुप लागेर बस्दैनौँः विशाल भट्टराई


२३ भाद्र, काठमाण्डौँ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीले कारवाही गरेका सांसद बचाउन र एमाले टुक्रयाउन किन भूमिका निर्वाह गरेको भनेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रश्न गर्नुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकको सुरुमै उहाँले यस्तो प्रश्न गर्नुभएको हो ।

उहाँले बैठकको ध्यानाकर्षण गराउँदै दल विभाजनको मतियार किन बनेको भन्दै सभामुख सापकोटा समक्ष प्रश्न गर्नुभयो । उहाँले एमालेको पार्टी कमिटीका १४ जना सदस्यलाई कारवाही गरेको पत्र निर्वाचन आयोगलाई बुझाएको तर आयोगले त्यसलाई समेत बेवास्ता गरेको आरोप लगाउनुभयो । तीसमेत पार्टीले कारवाही गरेका सांसदहरुको हस्ताक्षर सनाखत गरेर एमाले टुक्र्याइएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘एमालेजस्तो लोकतन्त्रका लागि ७२ वर्ष संघर्ष गरेको पार्टीलाई कसैले हेप्न खोज्छ भने एमाले चुप लागेर बस्ने छैन ।’ उहाँले यथास्थितिमा एमालेले सदनको कारवाही अघि बढ्न नदिने पनि प्रस्ट पार्नुभयो ।

जवाफमा सभामुख सापकोटाले प्रचलित कानुनको आधारमा आफूले निर्णय लिएको बताउनुभयो । उहाँले संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाका सवालमा संघीय संसदको कुनै सदनमा छलफल गर्न वञ्चित गरेको पनि बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर