
१२ भाद्र, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीमा फुट नआएको बताउनुभएको छ । नुहाउँदा एक/दुई वटा केस झरेजस्तो केही मान्छेहरू आफै पतन भएर पार्टी छाडेको अध्यक्ष ओलीको बताउनुभएको हो ।
‘पार्टी फुटेको होइन । केही मान्छेहरू पतित भएका हुन, बिग्रिएका हुन । ती बिग्रिएका मान्छेहरूले पार्टी छोडेका हुन् ।’ उहाँले भन्नुभएको छ । आज नेकपा एमाले महालक्ष्मी नगर कमिटीले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले माधव नेपालहरूलाई एक–दुई वटा कपालको केशको संज्ञा दिँदै उनीहरू हिँड्दै टाउको मुडुलो नहुने बताउनुभभयो । उहाँले भन्नुभयो ‘नुहाउँदा खेरी एक, दुईटा कपालको रौँ झर्छ । जति दामी साबुन लगाए पनि, राम्रो, ब्रान्डेड साबुन लगाए पनि, छानेको पानीले नुहाए पनि, जेसुकै गरे पनि एक, दुईटा कपाल झर्छ । एक, दुईटा कपाल झर्दैमा टाउको मुडुलो हुन्छ ?’
अध्यक्ष ओलीले माधव नेपाललगायतका केही मान्छे पार्टीबाट चोइटिएर गए पनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि दोहोर्याउनुभयो । एकरदुई वटा पात पहेँलिएर झर्दैमा रुखले चिन्ता मानेर नबस्ने दृष्टान्त पेस गर्दै उहाँले माधव नेपालसहितका केही मान्छेले पार्टी छोड्दैमा पिर नमान्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । अध्यक्ष ओलीले भननुभयो, ‘अब चिन्ता गरेर बस्ने होइन । म कमरेडहरूलाई भन्न चाहन्छु–एक दुईटा पात खस्दैमा पिर मानेर रुख ढल्दैन । एक÷दुईटा पात पहेँलिएर झर्छन् । रुखले पिर मानेर बस्छ ? अर्काे टुसो हाली हाल्छ नि । देख्नु भएन कमिटीहरूको टुसो पलाएको ? महिलाहरू कसरी जाग्दैछन् । युवाहरू कसरी जाग्दैछन् । त्यसकारण नयाँनयाँ पालुवाहरू पलाउँदैछन् । नयाँ नयाँ हाँगाहरू हाल्दैछन् । अझै मजबुत वृक्ष हाँगा फैलिँदै छन् । उचाइतिर जाँदैछ ।’


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७