
१० भाद्र, काठमाण्डौँ । जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । काठमाण्डौँको बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा आज उहाँको निधन भएको हो ।
केही दिनअघि मतिष्कघात भएर टुहुरेलाई अस्पताल भर्ना गरिएको थियो । आफ्नै निवासमा लडेपछि उहाँलाई अस्पताप पुर्याइएको थियो । तर, भेन्टिलेटरमा राखेर उपचार गरिएका उहाँको अवस्थामा सुधार आउन सकेन ।
७८ वर्षिय टुहरेको वास्तविक नाम जुठबहादुर खड्गी हो ।
२० वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय उहाँले सयौं संख्यामा जनवादी गीत गाउनुभएको छ । उहाँको ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भइ’ ‘बसाई हिड्नेको तातीले’ लगायतका गीतहरु सर्वाधिक लोकप्रिय छन् ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७