
३ भाद्र, झापा । झापाको दमक क्याम्पस अगाडी अनेरास्ववियुले दल विभाजन सम्वन्धी अध्यादेशलाई सांकेतिक रुपमा जलाएको छ । सरकारले जारी गरेको अध्यादेशको विरुद्धमा उनीहरुले नारावाजी गर्दे प्रर्दशन समेत गरेका छन् ।
एमाले अध्यक्ष समेत रहनुभएका केपि ओलीको गृह नगर दमकमा रहेको दमक क्याम्पस गेटमा अनेरास्ववियुका कार्यकर्ताहरुले देउवा सरकारले दल विभाजन सम्वन्धी अध्यादेश ल्याएर देशलाई पुनः राजनीतिक अस्थिरतामा लगेको भन्दै नारावाजी गरेका थिए ।
अनेरास्ववियु झापाका अध्यक्ष समर्पण खतिवडाले देउवा सरकारले एमाले फुटाउन संसद छलेर यो अध्यादेश ल्याएको भन्दै विरोध गर्नुभयो । जयसिंह धामीको बारेमा नबोल्ने, सुकुम्बासीको अधिकार खोस्न लागि पर्ने, संसद छलेर अध्यादेश जारी गर्ने देउवा सरकारको नालायक निर्णय तत्काल खारेज गर्न माग गर्नुभयो ।
त्यसैगरी अनेरास्वियु इलामका कार्यलय सदस्य निशेष राईले देउवा सरकार राजनीतिक अस्थिरतालाई निम्त्याउदै ‘फुटाउ र राज गर’को नीतिमा अघि बढेको भन्दै अध्यादेश तत्काल फिर्ता नभए अझ शसक्त आन्दोलनमा उत्रने बताउनुभयो । एमालेको शक्तिलाई देखेर आत्तिएको यो सरकारले अध्यादेश जारी गरेर एमालेलाई चिढ्याउने काम गरेको र देशलाई अस्थिरतामा धकेलेको अरोप लगाउनुभयो ।
विरोध कार्यक्रम अनेरास्ववियु दमक क्याम्पस कमिटी अध्यक्ष भिजन चेम्जोङको सम्योजकत्वमा सम्पन्न भएको थियो ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७