
१ भाद्र, काठमाण्डौँ । राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आन्दोलन गरेको छ । अध्यक्ष ऐन महरले आन्दोलनका लागि आव्हान गरेलगत्तै अखिलका कार्यकर्ताहरूले आन्दोलन गरेका हुन् ।
काठमाडौंको प्रदर्शनी मार्ग, पुतलीसडक, बागबजार र बानेश्वर क्षेत्रमा विद्यार्थीले प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले ‘विचारको बन्धन टुट्दैन, एमाले कहिल्यै फुट्दैन’, ‘परमादेशको कम्फर्टेबल सरकार मुर्दावाद’लगायतका नारा लगाएका छन् ।
प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ । अनेरास्ववियुले दल विभाजनसम्बन्धी सरकारको यो कदमले ७० वर्षदेखिको संघर्षबाट निर्मित संविधान र बहुदलीय व्यवस्थाको विरुद्धमा देशलाई द्वन्द्व, अराजकता र अस्थितरतामा धकेल्ने मनशाय राखेको टिप्पणी गरेको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७