लिम्बू विद्यार्थी मंञ्चद्धारा आयोजित लोकसेवा तयारी कक्षा सम्पन्न

लिम्बू विद्यार्थी मंञ्चद्धारा आयोजित लोकसेवा तयारी कक्षा सम्पन्न


२३ चैत्र, इलाम । लिम्बू विद्यार्थी मंञ्च इलामको आयोजनामा संञ्चालित १५ दिने लोकसेवा आयोगको निशुल्क तयारी कक्षा शनिबार सम्पन्न भएको छ । मंञ्चको २३ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कक्षा गत चैत्र ६ गते देखि चौत्र २१ गतेसम्म संञ्चालन भएको थियो ।

इलाममा लोकसेवा तयारी गरिरहेका र निजामति क्षेत्रमा प्रवेश गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गरेर आयोजना गरिएको तयारी कक्षामा झण्डै एक सय ५० जना विद्यार्थीहरुले लाभ लिएका छन् । जसमध्ये नियमित रुपमै कक्षा लिनेको संख्या भने ४५ जना रहेको आयोजकले जनाएको छ ।

तयारी कक्षालाई निजामति क्षेत्रका उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत शाखा अधिकृत अर्जुन कुलुङ राई, नायब सुब्बाद्वय दिलकुमार लिम्बू र खगेन्द्र आङदेम्बे, जिल्ला निर्वाचन कार्यालय इलामका नायब सुब्बारकम्प्युटर अपरेटर कृष्ण सुब्बा, मालपोत कार्यालय इलामका लेखापाल नायब सुब्बा मनोज योङहाङले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर