४ कार्तिक, काठमाण्डौँ । यो वर्ष विजया दशमीको टीका लगाउने शुभ साइत बिहान १० बजेर १९ मिनेटको लागि जुरेको छ । कार्तिक १० गते बिहान १० बजेर १९ मिनेटमा शुभ साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यद्यपि उत्तम साइतपछि पूर्णिमाको दिनसम्म टीका लगाउन सकिने छ ।
यो साल देवी विसर्जनको ८ मिनेटमै टीकाको साइत जुरेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यो साल घटस्थापनाको दिन चित्रा नक्षत्र परेको हुँदा टीकामा त्यसको असर परेको पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्य ढुंगेलले बताउनुभयो ।
त्यस्तै, कार्तिक ७ गते फूलपातीको दिन बिहान ८ बजेर ५६ मिनेटमा तुलजा भवानीको यात्रा र बिहान १० बजेर १४ मिनेटमा स्थिरासन गर्ने समय तोकिएको छ ।