इलामको चुलाचुली गाउँपालिकामा औद्योगिक ग्राम स्थापना हुने

इलामको चुलाचुली गाउँपालिकामा औद्योगिक ग्राम स्थापना हुने


२१ असोज, इलाम । इलामको चुलाचुली गाउँपालिकामा औद्योगिक ग्राम स्थापना हुने भएको छ । संघिय सरकारको निति तथा कार्यक्रम अन्तर्गत चुलाचुली वडा नम्वर ३ र ४ को सिमामा रहेको विधुवा खोला र साचे खोलाको दोभानमा करिव १० बिघा क्षेत्रफलमा सो ग्राम निर्माण हुन लागेको हो ।

चुलाचुली स्थित शिवालय सामुदायिक वनको स्वामित्वमा रहेको उक्त क्षेत्रमा औद्योगिक ग्राम संचालन हुने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका उपाध्यक्ष निर्मला दाहालको प्रमुख आथित्यमा एक कार्यक्रमको आयेजना गरी औद्योगिक ग्रामको बारेमा जानकारी गराइएको हो । उक्त ग्राम करिव १५ करोड रुपैँयाको लागतमा निर्माण हुने वडा नम्बर ३ का अध्यक्ष नरबहादुर लावतीले बताउनुभयो । औद्योगिक ग्राममा गाउँपालिकाका स्थानिय कामदारहरु लाभान्वित हुने कुरा बताएका उहाँले बताउनुभयो । त्यस्तै वडा नम्बर ४ का वडाध्यक्ष कालिदास भट्टराईका अनुसार यो योजना सम्पन्न भए पश्चात चुलाचुलीका स्थानीयहरुको आयआर्जनमा पनि बृद्धी हुने विश्वस लिईएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर