१२ असोज, झापा । आफुलाई प्रहरी बताउने एक व्याक्तिलाई दमक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
झापाको कमल गाउपालिकाका विभिन्न होटलमा आफु प्रहरी ईन्स्पेक्टर हुँ भन्दै खाजा तथा पेय पदार्थ खादै पैसा नतिरी हिड्ने ती व्यक्तिलाई इलाका प्रहरी कार्यालय दमकको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्ने व्यक्ति दमक ५ निवासी ५८ वर्षिय ईन्द्र प्रसाद थापा रहेको प्रहरीले जनाएको छ । थापालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७