शिक्षक सरुवामा विभेद गरेको भन्दै इलाम रोङमा प्रअ र अध्यक्ष हटाउन माग

शिक्षक सरुवामा विभेद गरेको भन्दै इलाम रोङमा प्रअ र अध्यक्ष हटाउन माग

२४ चैत्र, इलाम । इलामको रोङ गाउँपालिका ६ रम्भ्याङमा रहेको श्री सरस्वती माबिमा पहिलेदेखि स्थानीय शिक्षकलार्इ सरुवा आउन रोकटोक गर्ने, निश्चित मन परेको मान्छेलार्इ मात्र छानीछानी ल्याउने जस्तो विभेद गरेको भन्दै स्थानीयले बिरोध गरेका छन ।

पटक पटक यस्तो विभेद गर्दै आएको स्कुल प्रसासन र ब्यवस्थापनले यसपालि पनि प्रा. बि. दरबन्दीमा रिक्त स्थानमा स्थानीयलार्इ घरपायक सरुवा आउन नदिएर सुटुक्क करारमा राख्ने सुचना निकाले पछि त्यसको विरोध भएको हो ।

स्थानीय सुमित्रा रार्इले आज एक विज्ञप्तिप जारी गर्दै आफु लगायत त्यस स्कुललार्इ खार्इ नखार्इ चन्दा, श्रमदान गर्ने परिवारहरु दुखी भएका छौ‌ं र यस कार्यको विरोध गरेको बताउनुभयो । उहाँले वडा कार्यालयमा समेत उजुरी दिएको जानकरी दिनुभयो ।

सो स्कुलको निमित्त प्र.अ. गोबिन्द बहादुर पौडेल र ब्यवस्थापन समिति अध्यक्ष प्रेम बहादुर रार्इले के गर्न खोजेको हो ? भन्दै स्थानीयले सामाजिक सञ्जालमा समेत विरोध जनाएका छन ।

उनीहरुले, अहिले पनि सरुवा गर्न विभेद गरेकाले निजहरुलार्इ कारबाही गरी, राजिनामा गरार्इ रिक्त दरबन्दीमा स्थानिय स्थायी शिक्षक नै सरुवा भएर आउने ब्यवस्था होस भनी चाँडो भन्दा चाँडो कारबाहीको माग गरेका हुन ।

यसैबीच उक्त विद्यालयका अध्यक्ष नै बहुविवाह गरेको ब्यक्ति परेकोले उनी बाट विध्यार्थीमा के सन्देस जान्छ भन्दै प्रधानमन्त्री समक्ष तत्काल बर्खास्त गर्न माग गरिएको पनि स्रोतले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर