
सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति कुनै पनि किसिमको विभेद नगरिएको रुपन्देही कारागार प्रशासनले स्पष्ट पारेको छ । शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै कारागार प्रशासनले लामिछानेलाई अन्य कैदीहरूले पाउने सेवा-सुविधामा विभेद नगरी समान सुविधा दिइएको जनाएको हो ।
विज्ञप्तिमा उल्लेख छ, ‘अन्य सामान्य कैदीहरूले पाउने सेवा सुविधामा विभेद नगरीकन उहाँलाई पनि यस कार्यालयले सेवा सुविधा उपलब्ध गराउँदै आएको छ’,
प्रशासनले लामिछानेले चाहेको खण्डमा बाहिरबाट भेट्न आउने व्यक्तिहरूलाई भेट्ने तथा सञ्चार सुविधा प्रयोग गर्ने वातावरणसमेत मिलाइएको जानकारी दिएको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७