विशेष

विभिन्न जिल्लामा सात जना मृत अवस्थामा फेला
२८ जेठ । विभिन्न जिल्लामा सात जना मृत अवस्थामा फेला परेका छन् । महोत्तरी, चितवन, गुल्मी, सुर्खेत लगायतका जिल्लामा सात जना मृत अवस्थामा फेला परेका हुन् । महोत्तरीको सम्सी गाउँपालिका–२ बस्ने ५० वर्षीय शेख साकिर सोही गाउँपालिका–२ पर्सा बजारस्थित सडक छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै चितवनको भरतपुर महानगरपालिका–२३ खड्गौली बस्ने ५० वर्षीय बुधनी दराई सोही ठाउँस्थित केरूङ्गा खोला नजिकै मृत अवस्थामा फेला परेकी छन् । आइतबार..

चुलाचुली गाउँपालिकाले संस्थागत विद्यालयको पुन:नामकरण गर्दै
२८ जेठ । इलामको चुलाचुली गाउँपालिकाले संस्थागत विद्यालयको नाम नेपाली भाषा (देवनागरी) मा पुनःनामकरण गर्ने भएको छ । यसअघि अङ्ग्रेजी तथा विदेशी भाषामा नामकरण भई सञ्चालनमा रहेका सबै संस्थागत विद्यालयले अनिवार्य नेपाली भाषा (देवनागरी) मा नामकरण गर्नुपर्ने निर्णय भएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । उनका अनुसार अङ्ग्रेजी तथा विदेशी नाम राखेका संस्थागत विद्यालयको नाम नेपालीपन झल्कने गरी पुनःनामकरण गर्नुपर्ने निर्णय गरिएको हो । गाउँपालिका भित्रका सबै संस्थागत विद्यालयले..

दशौँ राष्ट्रिय खेलकुदको लागि तयार भइरहेको भौतिक संरचनाको खेलकुदमन्त्रीद्वरा निरीक्षण
२८ जेठ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कर्णालीको सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुदको लागि तयार भइरहेको भौतिक संरचनाको निरीक्षण गरेका छन्। आइतबार उनले उद्घाटन र समापन हुने प्रमुख रंगशाला, पौडी पोखरी, नवनिर्मित कभर्ड हल, ब्यान्ड मिन्टन हललगायत संरचनाको निरीक्षणसँगै प्रगति विवरणबारेमा जानकारी लिए । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सञ्जायलले पूर्वाधारको अवस्थाका बारेमा विस्तृत रूपमा जानकारी गराए। रंगशालाको ८० प्रतिशत काम सम्पन्न भइसकेको र असारभित्र सेन्थेटिक ट्रयाकबाहेक सबै..

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सर्वाेच्च अदालतद्वरा प्रमाण झिकाउन आदेश
२८ जेठ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा सर्वाेच्च अदालतले प्रमाण झिकाउन आदेश गरेको छ । न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले लामिछानेविरुद्ध जुनसुकै जिल्लामा रहेका उजुरीसहित सहकारी ठगी प्रकरणमा सीआईबीको प्रतिवेदनको प्रमाणित कपी झिकाउने आदेश भएको रिट निवेदक अधिवक्ता अनुपम भट्टराईले जानकरी दिए । उनका अनुसार लामिछानेको सचिवालयले समाचार आएका आधारमा खण्डन गर्दै पठाएको पत्रसमेत झिकाउन सर्वाेच्चले आदेश दिएको छ । “उपप्रधान तथा गृहमन्त्री लामिछाने..

भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
२८ जेठ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मूसँग भेट गरेका हुन् । उक्त अवसरमा राष्ट्रपति मुर्मू र प्रधानमन्त्री प्रचण्डबीच नेपाल–भारतबीच सदियौँदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । उनीहरूबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी..

कर्मचारीमाथि अनुगमन गरी कारबाही प्रक्रियाअघि बढाउने स्वास्थ्यमन्त्री यादवको चेतावनी
२८ जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले केही दिनभित्र स्वास्थ्यका कर्मचारीमाथि अनुगमन गरी कारबाही प्रक्रियाअघि बढाउने चेतावनी दिएका छन् । सोमबार संसद्को शिक्षा स्वास्थ तथा सूचना प्रविधि समितिमा बोल्दै यादवले सरकारी अस्पतालहरूले नागरिकलाई सेवा दिन ठगिरहेको भन्दै चेतावनी दिएका हुन् । केही दिनभित्रै धेरैजनालाई रंगेहात पक्रिएर अख्तियार पठाइन्छ, धेरैजना सस्पेन्ड हुन्छन्, हेर्दै जानुहोला, मन्त्री यादवले भने । त्यसका निम्ति आफू रातको समयमा पनि अनुगमनमा निस्कने उनको दाबी छ ।..

ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको काम सम्पन्न
२८ जेठ । नेपाल–भारतबीचको विद्युत व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भएको छ । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न गरिएको छ । प्रसारण लाइनले करिब ४ हजार मेगावाट विद्युत प्रवाह गर्न सक्दछ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभर्याङस्थित हेटौंडा सबस्टेसनबाट इनरुवा सबस्टेसम्म २ सय ८८ किलोमिटर प्रसारण लाइनलाई दुई..

किताबी ज्ञानले मात्रै पुग्दैन भन्दै कपाल काट्ने सीप सिकाउँदै भुम्रे मावि
२८ जेठ, स्याङ्जा । स्याङ्जाको वालिङ–९ स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ। व्यवहारिक सीपमार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम थालिएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताए। जिल्लाकै पुरानो सो सामुदायिक विद्यालय कक्षा १० सम्म सञ्चालनमा रहेको छ। विद्यालयले कक्षा ८, ९ र १० मा अध्ययनरत इच्छुक छात्रछात्रालाई निःशुल्करुपमा कपाल काट्न तालिम सञ्चालन गरेको हो। ‘विद्यार्थीलाई किताबी ज्ञानले मात्रै पुग्दैन, उनीहरुलाई व्यवहारिक, जीवनोपयोगी खालका प्राविधिक..

चुलाचुली ५ मा योजना छनोटको काम सम्पन्न
२८ जेठ, इलाम । चुलाचुली गाउँपालिका वडा नं. ५ मा आज योजना छनोटको काम सम्पन्न भएको छ । आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि टोलहरुबाट योजनाको नामहरु संकलन गर्ने कार्यहरु भईरहेको वडाध्यक्ष बबिन राईले बताए । चुलाचुली गाउँपालिका वडा नं. ५ का स्थानियहरुले बाटो–घाटो निर्माण तथा मर्मत, सिंचाई, खानेपानि, पर्यटन प्रवद्र्धन लगायत संग सम्बन्धी योजनाहरु मग गरेका छन् ।

आमाको हत्या आरोपमा छोरा पक्राउ
२८ जेठ । भोजपुरमा आमाको हत्या गरेको आरोप छोरा पक्राउ परेका छन् । ६८ वर्षीया आमा निरकुमारी तामाङलाई हत्या गरेको आरोपमा अरूण गाउँपालिका–४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । मिलनलाई आइतबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अरूणले खुर्पा प्रहार गरी निरकुमारीको हत्या गरेको सूचनाको आधारमा चरम्बीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।