प्रतिनिधि सभामा आजदेखि बजेटको मन्त्रालयगत छलफल सुरु हुँदै

२९ जेठ, काठमाडौं । प्रतिनिधि सभामा आजदेखि बजेटको मन्त्रालयगत छलफल सुरु हुँदैछ । मंगलबार चार वटा मन्त्रालय अन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । जसमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय रहेका छन् । विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनु अगाडि नेपाल मजदकुर किसान पार्टीका सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक , २०८१ अन्तर्गत युवा..

मधेश सरकारको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने

२९ जेठ, जनकपुरधाम । मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । नीति तथा कार्यक्रमको लागि आज दिउँसो २ बजे मधेश प्रदेशसभा बैठक डाकिएको छ । बैठकमा मधेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ । उनले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीती..

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन राष्ट्रपति पौडेल आज जेनेभा जाँदै

२९ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल आज स्विट्जरल्याण्डको जेनेभा जाँदैछन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन उनी आज साँझ जेनेभा प्रस्थान गर्न लागेका हुन् । राष्ट्रपति पौडेलले बुधबार स्वीस महासंघका राष्ट्रपति विओला आमर्डसँग भेटवार्ता गर्नेछन् त्यसको भोलिपल्ट ३१ ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन सत्रलाईसम्बोधन गर्नेछन् । असार १ गते उनले जर्मनी भ्रमण गर्नेछन् । जर्मनीको बर्लिनमा असार ३ गते त्यहाँका राष्ट्रपति फ्र्यांक वाल्टर स्टिनमेयरसँग औपचारिक भेटवार्ता गर्ने..

फिफा विश्वकप २०२६ छनोट- अन्तिम खेलमा नेपालले आज यमनको सामना गर्दै

२९ जेठ । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज यमनको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ११ः४५ बजे साउदी अरबको दम्माम शहर स्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा सुरु हुनेछ । सोही रंगशालामा पाँच दिन अघि भएको पाँचौं खेलमा नेपाल युएई विरुद्ध ४–० ले नै पराजित भएको थियो । नेपालको ५ खेलमा गोलसंख्या शून्य रहेको छ । नेपालले कुनै पनि गोल गर्दा ५..

‘गाउँ आएको बाटो’ हेर्न झाकी सहितको टोली

२८ जेठ, झापा । दयाहाङ राई अभिनित चलचित्र 'गाउँ आएको बाटो' हेर्न आज दमकको डिम्याक्स सिनेमा हलमा किरात राई यायोक्खा कमल गाउपालिकाको टोली झाकी सहित आएको छ । माझ किरातको भोजपुरको बिकट गाउमा राई समुदायको एउटा परिवारले गरेको संघर्षलाई चलचित्रमा देखाईएको छ । चलचित्रमा किरात राई समुदायको मौलीकतालाई प्रस्तुत गरीएको हुनाले चलचित्र हेर्न यायोक्खा कमलको ३५ जनाको झाकी सहितको टोली आएको यायोक्खा कमलका अध्यक्ष सन्तोश राईले बताए । नेपाली अदिवासी..

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्री प्रचण्डको आग्रह

२८ जेठ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग त्यहाँको ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । प्रधानमन्त्री बसेको होटल ताजमा सोमबार भएको भेटमा नेपालमा लगानीको सम्भावना एवं लगानीका क्षेत्रका विषयमा प्रधानमन्त्री प्रचण्ड र फिक्कीका पदाधिकारीहरूले छलफल गरेका हुन् । सो अवसरमा प्रधानमन्त्रीले भारतीय लगानीकर्ताका लागि उपयुक्त देश नेपाल भएको उल्लेख गर्दै पर्यटन, ऊर्जा, कृषि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह..

झूटा प्रचारको पछाडि नलाग्न सन्दीपको आग्रह

२८ जेठ । स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कासहितको निरन्तर प्रयासले ट्वान्टी-२० विश्वकपमा सहभागी हुन सम्भव भएको भन्दै ‘झूटा प्रचारको पछाडि नलाग्न’ आग्रह गरेका छन्। उनले सोमबार बिहान सेन्ट भिन्सेन्ट एन्ड ग्रानडाइन्स, वेस्ट इन्डिजबाट आफ्नो फेसबुकमा पोष्ट गरेका छन्, ‘अध्यक्ष चतुर सर, सचिव एवम् मेरा प्रिय पारस दाइ ... प्रति आभारी छु, जसको असाधारण लगाव र प्रयासमा आइसिसीसँग समन्वय गर्दै यो विश्वकपमा सहभागी हुन मेरो..

भारतमा किशोरी बेच्न लैजाँदै गरेको अवस्थामा ललितपुरबाट दुई जना पक्राउ

२८ जेठ । भारतमा बेच्न लैजाँदै गरेको अवस्थामा प्रहरीले १४ वर्षीय किशोरीलाई प्रहरीले ललितपुरबाट उद्धार गरेको छ । किशोरीलाई उद्धार गरेर बेचबिखनमा लैजान खोज्ने दुई जनालाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका सूचना अधिकारी (एसपी) ज्ञानेन्द्र फुयाँलले जानकारी दिए । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ घर भएका ३९ वर्षीय सम्बरबहादुर तामाङ र नुवाकोट तादी गाउँपालिका–२ घर भएकी ३३ वर्षीय इन्दिरा कटुवा तामाङ छन् । यसअघि पनि बेचबिखन मुद्दामा जेल परेका सम्बरबहादुर..

राष्ट्रिय सभामा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पेस

२८ जेठ । राष्ट्रिय सभामा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद सोनाम गेल्जेन शेर्पाले सो प्रस्ताव पेस गरेका हुन्। सांसद शेर्पाले सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने र दुर्घटनामा परी ज्यान गुमाउने परिवारलाई उचित क्षतिपूर्ति र घाइतेलाई उद्धार र उपचार, अपांगता भएकालाई उचित प्रबन्ध गर्न तत्काल कदम चाल्नुपर्ने भएकाले यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्नुपरेको बताए । प्रस्तावमा चालु आर्थिक वर्षको पहिलो..

मोदीको नेतृत्वमा नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने प्रधानमन्त्री प्रचण्डको विश्वास

२८ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले भारत र नेपालबिचको द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई आइतबार राजधानी दिल्लीको राष्ट्रपति भवनमा आयोजना गरिएको भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा आमन्त्रित गरिएको थियो । शपथ ग्रहणपछि भएको भेटपछि सामाजिक सञ्जाल एक्समा सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी मोदीलाई भेटी बधाई दिएको बताए । सन्देशमा..