नेपाल र श्रीलंकाबीचको खेल रद्द- दुवै टोलीले एक एक अंक बाँडे

३० जेठ । आइसिसी टी-२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द गरिएको छ। वर्षा नरोकिएपछि एक बल पनि नखेलाइ खेल रद्द गरिएको हो। योसँगै दुवै टोलीले समान एक अंक बाँडेका छन्। दक्षिण अफ्रिका र बंगलादेशसँग श्रीलंका पराजित भएको थियो। श्रीलंकालाई सुपर एटमा पुग्न नेपाल र नेदरल्याड्ससँगको खेल जित्नै पर्ने दबाब थियो।  तर, वर्षाको कारण खेल रद्द भयो। फ्लोरिडामा मंगलबार (स्थानीय समय) वर्षा भइरहेको थियो। वर्षाको कारण श्रीलंकाको अभ्यास पनि प्रभावित भएको..

भरतपुरका ३४ हजार बढी घरका सदस्य वैदेशिक रोजगारीमा

३० जेठ । भरतपुर महानगरपालिका क्षेत्रभित्रका ३४ हजार ५०८ घरका सदस्य वैदेशिक रोजगारीमा गएका पाइएको छ। महानगरभित्रका ९६ हजार पाँच सय ९१ घरमध्ये ती घरका सदस्य वैदेशिक रोजगारीमा गएका हुन् । वैदेशिक रोजगारीका क्षेत्रमा अनुसन्धान गर्दै आएको गैरसरकारी संस्था पाश्र्वचित्रले जनप्रतिनिधि र सम्बन्धित निकायका प्रतिनिधिबीच मङ्गलबार यहाँ आयोजना गरेको अन्तरक्रियामा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । हाल ३० हजार ५५५ जना विदेशमा रहेका र ११ हजार २३१ जना नेपाल फर्किएका..

कप्तान किरणको नाममा १००औं अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान

३० जेठ । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बुले नेपालका लागि एक सयौँ अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका छन्। फिफा विश्वकप २०२६ को दोस्रो चरणको छनोट अन्तर्गत साउदी अरेबियाको दम्मानमा यमनविरुद्ध भएको खेलमा किरणले नेपालका लागि १०० क्याप जित्ने पहिलो खेलाडी बन्दै दुर्लभ कीर्तिमान बनाएका हुन् । प्रिन्स मोहम्मद फहद स्टेडियममा भएको खेलमा नेपालले गोल र अंक दुवैको खडेरी तोडेको थियो । सन्जीव विष्ट र जिलेस्पी जंग कार्कीको गोलमा..

राष्ट्रपति पौडेल दोहामा

३० जेठ । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्ड र जर्मनी भ्रमणका क्रममा कतारको राजधानी दोहा पुगेका छन् । उनलाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा नेपाली राजदूत नरेशविक्रम ढकाल तथा दूतावासका कर्मचारी र कतारको विदेश मन्त्रासयका कर्मचारीले स्वागत गरे । राष्ट्रपति पौडेल भोलि जेनेभा प्रस्थान गर्ने तालिका रहेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । त्यहाँ उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रको सामाजिक न्यायका लागि..

रोनाल्डोले दुई गोल गरेको खेलमा पोर्चुगलको जितमा

३० जेठ । कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेको खेलमा पोर्चुगलले सहज जित हासिल गरेको छ। युरोकप २०२४ अघिको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले आयरल्यान्डमाथि ३-० गोल अन्तरको सहज जित हासिल गरेको हो। खेलको १८औँ मिनेटमा पोर्चुगलका लागि जोआओ फेलिक्सले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० गोलले अग्रता बनाएको पोर्चुगलका लागि ३९ वर्षीय कप्तान रोनाल्डोले ५०औँ र ६०औँ गोल गर्दै जित दिलाए। योसँग रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्या १३० पुर्‍याएका..

मोरङमा हात्तीको छावा मृत भेटियो

३० जेठ, विराटनगर । मोरङको सुन्दरहरैंचा–६ मा जंगली हात्तीको बच्चा (छावा) मृत भेटिएको छ । बुधबार बिहान स्थानीय दुर्गा मन्दिर टोल नजिक भक्तराज लिम्बुको केरा बगानभित्र भाले छावा मृत फेला परेको हो । अन्दाजी ५–६ वर्षको जस्तो देखिने हात्तीको छावा कसरी केरा बगानभित्र पुग्यो र मृत्यु भयो भन्ने यकिन हुन बाँकी रहेको लाटीझोडा सब डिभिजन वन कार्यालयका प्रमुख एवम् अधिकृत अमृतविलाश पन्तले बताए । छावाको सुँडको छेउमा सामान्य चोट देखिएको..

फिफा विश्वकप २०२६/ एसियन कप २०२७ छनोट- नेपाल यमनसँग बराबरीमा रोकियो

३० जेठ । अतिरिक्त समयमा सम्हालिन नसक्दा नेपाल फिफा विश्वकप २०२६/एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत अन्तिम खेलमा यमनसँग बराबरीमा रोकिएको छ। साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद रंगशालामा मंगलबार राति सम्पन्न खेल २–२ गोलको बराबरीमा सकिएको हो। समूह एचमा रहेको नेपाल यसअघि सम्पन्न पहिलो लेगमा यमनसँग २–० ले पराजित भएको थियो। योसँगै नेपालले एक अंक जोड्दै विश्वकप/एसियन छनोटको यात्रा सकाएको छ। यमनले भने पाँच अंक जोडेको छ।..

विद्यार्थी पलायन रोक्न कांग्रेस सांसद तेजुलाल चौधरीको माग

२९ जेठ । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले नेपालबाट विद्यार्थी पलायन रोक्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले नेपालमा १६ वटा विश्वविद्यालयको कुनै औचित्य नभएको बताए। उनले भने, ‘हामीसँग उच्च शिक्षा छ, यसका लागि १६ वटा जति विश्वविद्यालय छन्, त्रिविमा मात्रै १ लाख हाराहारी विद्यार्थी छ, अरु विश्वविद्यालयमा विद्यार्थी नै छैन । ती विश्वविद्यालयमा राजनीतिका आधारमा भागबन्डा गर्ने, सोर्स फोर्सका आधारमा विश्वविद्यालय खडा गर्ने प्रवृत्ति छ ।’..

टी–२० विश्वकप- नेपालले टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दै

२९ जेठ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा बुधबार बिहान नेपालले टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दैछ । नेपाल र श्रीलंकाबिचको खेल अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५ः१५ बजे सुरु हुनेछ । जारी विश्वकपमा नेपालले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।

नेदरल्यान्ड्सका मिडफिल्डर डी जोङले युरोकप गुमाउने

  २९ जेठ । नेदरल्यान्ड्सका मिडफिल्डर फ्रेन्की डी जोङले युरोकप गुमाउने भएका छन्। रोनाल्ड कोम्यानको टोलीले अन्तिम अभ्यास खेलमा आइसल्यान्डलाई ४–० ले हराएपछि डच फुटबल संघले बार्सिलोनाका स्टार जर्मनीमा हुने युरो कपमा उपलब्ध नहुने घोषणा गरेको हो। डी जोङको घुँडामा चोट लागेको छ। सोमबार भएको क्यानडाविरुद्धको खेल उनले बेन्चबाट हेरिरहेका थिए। 'उनी आगामी तीन सातासम्म यो स्तरमा खेल्नका लागि फिट हुने छैनन्। उनलाई हामीसँग राख्नुको कुनै अर्थ छैन,' कोम्यानले भने। डी..